डिभिजन टूमा नेपाल ओमानसँग ६ विकेटले हार्‍यो


काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत शुक्रबारको खेलमा नेपाल ओमानसँग पराजित भएको छ।

डिभिजन २ मा आफ्नो दोस्रो खेलमा नेपाल ६ विकेटले हारेको हो।

यसअघि ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो। तर, उक्त लक्ष्य ओमानले ३५ ओभर १ बलमा ४ विकेटको क्षतिमा पुुरा गर्‍यो।

ओमानको जितका लागि खवर अलीले ४६, भिएस वातेगाउन्करले अविजित ३७ र जतिन्दर सिंहले २४ रन बनाए।

नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसन्त रेग्मीले १–१ विकेट लिएपनि ओमानलाई जितबाट रोक्न सकेनन्।
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ओमानका विकेट किपरबाट क्याच आउट भए। उनले ७ रन बनाएका थिए।

पारस खड्कासँग मिलेर २८ रन बनाएका ओपनर दिलिप नाथक्याचआउट भए। आरिफ शेख ६ रनमा आउट हुँदा कप्तान पारस खड्का पनि ब्यक्तिगत १७ रनमा आउट भएका थिए।

यसैगरी, दिपेन्द्रसिंह ऐरी २० रनमा, बसन्त रेग्मी १ रनमा आउट भए भने शरद भेषावकरले ब्यक्तिगत २२ रन मात्र बनाउन सके।

रोहित पौडेलले १४ रन, करण केसीले ४ रन बनाउँदा सन्दिप लामिछाने डकआउट भए। सोमपाल कामी १७ रनमा अविजित रहे।

नेपालले आफ्नो तेस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement