नेपाली बलरसँगअमेरिका निरीहः सन्दीप र सुशनकाे आक्रामक बलिङले ३५ रनमा अलआउट


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए ।

दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए ।

सुशन भारीले सातौं ओभरमा बलिङमा आएका सुशन भारीले पहिलो बलमा नै विकेट लिए । उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् ।

आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे । त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे ।

खेलमा सुशन भारीले नेपाललाई पाँचौँ सफलता दिलाए । नवौँ ओभरको तेस्रो बलमा एरोन जोन्सलाई बोल्ड आउट गरेका हुन् ।

सन्दीपले ९.५ ओभरमा अमेरिकाको छैटौं विकेट लिए । सुशन भारीले ११ औं ओभरकार पहिलो र अन्तिम बलमा थप २ विकेट लिए ।

१२औं ओभरको तेस्रो बलमा सन्दीपले ९औं विकेट लिए । यसै ओभरको अन्तिम बलमा सन्दीपले १० औं विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement