आईसीसी विश्वकप क्रिकेट: अमेरिकामाथि नेपालकाे सानदार जित


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल विजयी भएकाे छ ।  सन्दीप लामिछानेको घातक बलिङपछि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

लाछिमानेले छ विकेट लिएपछि अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा पूरा गरेको थियो । लामिछानेले ६ ओभर बलिङ गर्दै १६ रन खर्चेर ६ विकेट लिए ।

यसैगरी सुसन भारीले ४ विकेट लिए । नेपालका लागि पारस खड्काले २० र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालकी ओपनर ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement