काठमाण्डु– गत चैत १५ गते नियुक्त भएका नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् ।
उनी शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका छन् । उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।
५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।
प्रतिक्रिया