कुवेतमाथि सानदार जित निकाल्दै नेपाल शिर्षस्थानमा


काठमाण्डु – आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । बिहीबार भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपाल तालिकाको शिर्षस्थानमा उक्लेको हो ।

कुवेतले दिएको २७ रनको झिनो लक्ष्य नेपालले ३ ओरभमा १ विकेटको क्षतिमा पुरा गर्न सफल भयो । नेपालका लागि इन्दु बर्मा १३ रनमा अविजित रहँदा कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनाएको थियो । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाइन् । नेपालको उत्कृष्ट तथा कसिलो बलिङसामू अन्य ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सिता मगर र कप्तान क्षेत्रीले समान २/२ विकेट लिए ।

जितसँगै नेपाल तालिकाको शिर्षस्थानमा उक्लेको छ । नेपालले ३ खेलमा २ मा जित र १ मा हार व्यहोर्दै ४ अंकका साथ शिर्षसथानमा छ । दोस्रो स्थानमा रहेको युएईको पनि ४ अंक नै भएपनि नेट रनरेटको आधारमा पछाडी छ । यद्यपी युएईले नेपाल भन्दा एक खेल कम खेलेको छ । पराजित कुवेत भने जितविहीन बन्दै पुछारमा छ ।

पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो तर, दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement