काठमाण्डु – बुधबार भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएपछि नेपाल आईसीसी यू–१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । नेपाल जीतविहीन भएर समूह चरणबाट बाहिरिएको हो ।
अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन बनाएर अलआउट हुँदै ८३ रनले पराजित भयो । मात्र बनाउन सक्यो ।
कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।
अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २–२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।
त्यसअघि मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
प्रतिक्रिया