श्रीमतीसँगै ओछ्यानमा भेटिएका युवकको हत्या, यसरी बन्यो हत्याको योजना


कपिलवस्तु – कपिलवस्तु नगरपालिका–८ बेलौहाका १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरका ३ जनालाई पक्राउ गरेको छ ।

स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया वासमती कहारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

वासमतीसँग प्रेम सम्बन्ध रहेका विजयबहादुर कुर्मीलाई उनका (वासमतीका) पति रमेश कहार र भाइ अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेको बताइएको छ ।

यसरी बन्यो हत्याको योजना

गत असार ३ गते वासमतीले विजय कुर्मीलाई घरमा बोलाइन् । आफ्नो पति घरमा नभएकाले समस्या नहुने बताएपछि विजय वासमतीको घरमा पुगे । राती नफर्किने भनेर घरबाट निस्केका रमेश अचानक राति नै घर फर्किए ।

घरमा आउँदा एउटै कोठामा आफ्नी श्रीमतीसँगै विजयलाई भेटे । आफ्नी श्रीमती सँग पुरुषलाई भेटेका रमेश रिसले चुर परे । त्यतिकैमा विजयलाई आक्रमण गर्न लागे । उनले रमेशले आफ्ना भाइलाई समेत बोलाएर कुटपिट गरि विजयको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मृतक विजयको शव आफ्ना भाइ र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले राति घर नजिकै रहेको पोखरीमा फालेको प्रहरीसंगलाई बयान दिएका छन् ।

घटनाको ४ दिनपछि असार ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको शव फेला परेको थियो । हत्यामा वासमतीको प्रत्यक्ष संलग्नता भने नदेखिएको प्रहरीले अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement