सुनसरीमा चटपटेको निहुँमा १५ वर्षीय किशोरले गरे १२ वर्षीया बालिकाको हत्या


सुनसरी – सुनसरीमा १२ वर्षीया बालिकाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वराह नगरपालिका–१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राति घटना भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

शुक्रबार राती राईकी आमा विरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका चटपटे किन्न आएका थिए । ती युवासँग चटपटे कै निहुमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement