क्रिष्टियानो रोनाल्डो कोरोनाभाइरस क्वारेन्टाइमा


एजेन्सी – युभेन्टसका डिफेन्डर डयानि रुगानीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि क्रिष्टियानो रोनाल्डो माडेरियामा रहेको आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

यो सामाचार आउनुपूर्व यो सँगै पोर्चुगिस स्टार रोनाल्डो स्ट्रोक भएकि आफ्नी आमालाई भेट्नका लागि मातृभूमितर्फ गएका थिए । रोनाल्डो र रुगानी दुवैले आइतबार ड्रेसिङ रुम सेयर गरेका थिए ।

बन्द रंगशालामा भएको उक्त खेलमा युभेन्टसले इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको थियो । रोनाल्डो र रुगानीले आफ्ना साथीहरुसँग विजयको खुसीयालइी मनाइरहेको खुसीयाली मिरालेम पीजानिकले इन्सटाग्राममा पोष्ट गरेका थिए ।

रुगानीसँग सम्पर्कमा आएका जो कोही पनि आइसोलेसनमा बस्नु्पर्ने भएको छ । पोर्चुगिज संचार माध्यमहरुले यो फोटो आफ्नो प्रथम पृष्ठमै प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement