काठमाण्डु – नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सी.जी. मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशका कृषि, भूमी तथा सहकारी मन्त्री भीम काकीले आउटलेटको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा ग्राहकहरूले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
उपत्यकाबाट बाहिर पनि नवीन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सी.जी. मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढिरहेको यात्राको महत्वपूर्ण कदम हो ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमावाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोइरालाले सी.जी. मोटर्स प्रा.लिले उपत्यकाबाट बाहिर पनि विद्युतीय सवारी साधनहरूको विस्तारमा योगदान दिएकोमा धन्यवाद ज्ञापन गरे ।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा बिक्रीपछिको सेवासहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ । सी.जी.मोटर्सले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री काकीले बताए ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सी.जी. मोटर्सले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै सहजता, पहुँच र भरपर्दो चार्जिङ सुविधा सुनिश्चता प्रदान गदै आइरहेको छ ।
यो व्यापक चाजिृङ पुर्वाधारले सी.जी. मोटर्सलाई नेपालको सबैभन्दा विश्वनीय र भरपर्दो ईभी प्रदायकहरू मध्ये एक मात्र कम्पनीको रूपमा स्थापित गरिएको कार्यक्रमका सभापति सी.जी. मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले बताए ।
करिब १५० भन्दा ग्राहकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरूलाई सवारी साधनको साँचो हस्तान्तरण गदै सी.जी.मोर्टसले उपत्यकता बाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको छ ।




प्रतिक्रिया