साइबर अपराध र मानव बेचबिखन नियन्त्रण हाम्रो पहिलो प्राथमिकता : आइजीपी खनाल


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले साइबर अपराध र मानव बेचबिखन नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा परेको बताएका छन् ।

मंगलबार नेपाल पुलिस क्लब परिसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले साइबर अपराध र मानव बेचबिखनका घटना बढेकाले प्रहरीको पहिलो प्राथमिकतामा यी विषय परेको उनले बताएका हुन् ।

‘साइबर अपराध र मानव बेचबिखन नियन्त्रण अहिले हाम्रो पहिलो प्राथमिकतामा छ’, खनालले भने, ‘यसका लागि हामीले नागरिकसँग सहकार्य गरिरहेको छौं ।’ खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमार्फत सबै स्थानीय तहसँग सहकार्य गरेर काम भइरहेको पनि उक्त अवसरमा जानकारी दिए ।

प्रहरीको कार्यशैलीलाई लिएर उठ्ने गरेको प्रश्नतर्फ संकेत गर्दै खनालले प्रहरी पारदर्शी हुन चाहेको प्रष्ट पारे । राज्यले सुशासन दायित्व प्रहरी र कर्मचारीमा दिएकाले त्यो पूरा गर्नुपर्ने उनको भनाइ छ ।

आईजीपी खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नदेख्दा पनि हुने बताए । उनले विदेशी अपराधिहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे ।

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने आईजीपी खनालले दावी गरे । नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि ऊर्जाका साथ काम गरिरहेको पनि आईजीपी खनालको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement