साइप्रसमा एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या


काठमाडौं – साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका छन् ।

यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् ।

मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन् ।

यो हत्यालाई लिएर अहिले मानिसहरु सडकमा आएका छन् र विरोध जनाइरहेका छन् । पछिल्लो दिन राजधानी निकोसियामा भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए । हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement