ओली र देउवा दुवैको दावी पुगेन,आजै प्रतिनिधिसभा विघठनको सिफारीस हुने

ओली र देउवा दुवैको दावी पुगेन,आजै प्रतिनिधिसभा विघठनको सिफारीस हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी छन् । शुक्रवार राती राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाइएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयां सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अहिले नै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकले प्रतिनिधिसभा भंगको लागी सिफारीस गर्नेछ । यससंगै अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जाने निश्चित भएको छ ।

यसअघि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले आफुसंग बहुमत रहेको भन्दै राष्ट्रपति समक्ष सांसदहरुको हस्ताक्षर पेश गरेका थिए ।