काठमाण्डु- डडेल्धुरा सदरमुकामको हिलाम्मे सडकमा स्थानीयहरुले धान रोपेका छन्। सदरमुकामकै सडक हिलाम्मे हुँदा समेत जीर्ण सडक मर्मत नगरिएको भन्दै स्थानीयले सडकमै धान रोपेका हुन् ।
पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेका स्थानीय युवा सुरत तमोलीले जानकारी दिएका छन् ।
स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाब स्वरुप धान रोपिएको उनले बताए । ‘नेता सुते धान उठे, बन्दैन सडक फल्दैछ बास्मती’ भन्ने नाराका साथ उनीहरूले विरोध स्वरुप सडकमा धान रोपेका हुन् ।
धान रोप्ने समयमा स्थानीय महिलाले फाग समेत गाएका थिए । महाकाली राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुई पटक आह्वान गरेको बोलपत्र स्थगित गरिसकेको छ ।
प्रतिक्रिया