काठमाण्डु- राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी सांसद दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माको उम्मेवारी परेको थियो। आज भएको मदानमा ५६ सांसद सहभागि भएका थिए ।
जसमध्ये युवराज शर्माको पक्षमा १७ सांसदले मात्र मतदान गरेका छन् । शर्माको पक्षमा बहुमत नपुगेपछि उनी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनबाट अस्वीकृत भएका हुन् । यता दाहालको पक्षमा भने ३९ जनाले मतदान गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया