माओवादी अध्यक्ष दाहाल र कामु प्रधानन्यायाधीश कार्कीबीच बुधवार गोप्य भेटवार्ता


काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीसंग गोप्य भेटवार्ता गरेका छन् । माओवादी अध्यक्ष दाहाल कार्कीलाई भेट्न बुधवार कलंकीस्थित उनको निवास पुगेको सुरक्षा स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

दाहाल केही दिनअघि कार्कीकै  निवासमा विहान ८ बजे पुगेका थिए भने १० वजे उनि बैठकबाट निस्केका थिए । उनिहरुबीच दुई घण्टा लामो छलफल भएको स्रोतको दावी छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाई हुनुपुर्व दाहाल र कार्कीबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement