धर्मगुरु दलाई लामाले नेपाल र तिब्बतबीचको सम्बन्धबारे दिए यस्तो प्रतिक्रिया


नयाँदिल्ली – भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्मगुरु दलाई लामाले नेपाल र तिब्बतबीच ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् । योङ्ग प्रेसिडेन्ट्स अर्गनाइजेसन(वाइपीओ) नेपाल च्याप्टरको ३० सदस्यीय टोलीले धर्मशालामा भेट्ने क्रममा उनले यस्तो बताएका हुन् ।

लामाले ७ औं शताब्दीका तिब्बती राजा सोङ्गसेन गम्पोले नेपाली राजकुमारी विवाह गरेको प्रशंग निकालेका थिए । त्यसपछि उनले जोङ्गखा मन्दिर ल्हासामा निर्माण गरेको र यसको निर्माणमा थुप्रै नेपाली कलाकारको सहभागिता रहेको उल्लेख गरेका छन् ।

उनले २१ औं शताब्दिमा पनि नालन्दा परम्परालाई हामीले जोगाएर राखेको उल्लेख गर्दै सो ८ औं शताब्दीदेखि तिब्बतमा कायम रहेको जनाएका छन् ।

बुद्धधर्मको पाली परम्परा पनि कायम रहेको चर्चा गर्दै त्यसले आधारभूत सिकाईको काम गर्ने चर्चा गरेका छन् । उनले तिब्बती बुद्धिजमले नालन्दा परम्पराको संरक्षण गरेको र त्यसको वैज्ञानिक विशेषता समेत रहेको जनाएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement