दम हृदयघात ,क्यानसर जस्ता रोगहरुबाट बच्न खानुस् ‘भिटामिन सी’


काठमाडौँ – भिटामिन सीले स्वस्थ रहन ठूलो भुमिका खेल्छ । यो सुन्तला, स्ट्रबेरी, किवि , साग , अमाला , आँप , आदिमा पाइन्छ ।

वयस्कलाई दैनिक ६५ देखि ९० मिलीग्राम भिटामिन सीको आवश्यक हुृने एक अध्ययनले जनाएको छ । भिटामिन सीले हाम्रो शरीरको तन्तुहूरुलाई रिपीयर गर्नुको साथै हृदय घात , क्यानसर जस्ता रोगहरुबाट जोगाउने एक अनुसन्धानमा उल्लेख गरिएको छ ।

यसले रोग प्रतिरोधक क्षमता बनाएर क्यान्सरसंग लड्नमा सहयोग गर्ने स्रोतले जनाएको छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ । भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायी हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ र धमनी क्षतिग्रस्त हुनबाट बचाउँछ । रक्तकोशिकामा कोलेस्टेरोल जम्नबाट बचाँउछ, जसबाट हृदयाघात र ब्रेनस्ट्रोक हुने खतरा कम हुन्छ ।

भिटामिन सीको एन्टीअक्सिडेन्ट तत्वले फोक्सोको सफाई गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जसले गर्दा दम हुन पाउदैन । भिटामिन सीमा उत्कृष्ट हिलिङ पावर हुन्छ, जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ । एलर्जीबाट बच्न पनि भिटामिन सीको अतिआवश्यक हुन्छ ।

सामान्य चिसोमा पनि भिटामिन सीको प्रयोग गरेर शरीरलाई स्वस्थ बनाउन सकिन्छ । भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र नभइ तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement