दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

कार्कीको रिटको पेसी न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ।

सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। साथै एआईजी डा। मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा गरेको थियो।

सरकारको निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले पदमुक्त गर्ने निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाली गर्न माग गरेका छन्।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो। तिहार बिदाका कारण रिटमाथिको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन।

‘प्रस्तुत निवेदनमा अन्तर्निहित विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई समेतलाई विचार गर्दा प्रस्तुत रिट निवेदनको शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको हुँदा पेसीमा प्राथमिकता दिई पालो समेत आउने गरी मिति २०८३/८/९ गतेलाई पेसी तोकी सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिई नियमानुसार पेस गर्नुहोला।’ २ गतेको आदेशमा भनिएको थियाे ।