नेपाली सेनाद्वारा दाङको प्रतापपुरमा अपाङ्गमैत्री शौचालय निर्माण


लमही – नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३ प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो ।

अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बताए । मध्यपश्चिम पृतना हेटक्वार्टरको ‘क्वाइक इम्प्याक्ट प्रोजेक्ट’को दुई लाख र रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाको १८ दिनको श्रमद्धानबाट शौचालय निर्माण गरिएको हो ।

उक्त शौचालयको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका थिए । शौचालय स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको छ । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष केसीले विकास निर्माणमा नेपाली सेना अग्रपङ्तिमा रहेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा सेनानी थापाले देशको हितमा अहिलेसम्म काम गर्दै आएको तथा अझ दुर्गम र विकट क्षेत्रमामा विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने दाङका १८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा निर्वाचन क्षेत्रमा ६र६ का दरले १८ सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको हो ।

विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए । उनका अनुसार दाङ क्षेत्र नं १ मा गढवाका दुई, राप्तीका दुई र घोेराही तथा राजपुरका एकरएक विद्यालय छनोट भएका छन् । त्यस्तै दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका तीन, बङ्गलाचुली गाउँपालिकाका दुई र तुलसीपुर उपमहानगरपालिकाको एउटा विद्यालय परेका छन् ।

त्यस्तै क्षेत्र नं ३ मा तुलसीपुर उपमहानगरका दुई, शान्तिनगर गाउँपालिकाका दुई, दङ्गीशरण र बबई गाउँपालिकाका एकरएक विद्यालय परेका छन् । माविस्तरका विद्यालयको भौतिक संरचना प्रभावकारी भएको, विद्युत्, कम्प्युटर शिक्षकको उपलब्धता, विद्यार्थी सङ्ख्या, धेरै पिछडिएको वर्गका बालबालिका अध्ययन गर्ने गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement