जरुरी महत्वका कानुन निर्माण प्राथमिकतामा : सभामुख महरा


तुलसीपुर- सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् । उनको स्वागत तथा सम्मानमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्नुपर्ने बताउँदै यो वर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र वैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रित हुने धारणा व्यक्त गरे ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने उल्लेख गर्दै फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको र त्यो व्यवहारबाटै आफूले देखाउने स्पष्ट पारे ।

“अब म कुनै दलको भूमिकामा छैन’, उहाँले उनले भने, “म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दलविशेषका पक्षमा गतिविधि हुने छैनन् ।” ो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए । यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत तथा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement