लामजलाका हर्क रावल मालिकको कुटपिटपछि बेपत्ता, होटलको सिसिटिभी फुटेजनै डिलिट गरियाे


काठमाण्डु- रोजगारीका लागि भारत गएका डडेल्धुराको परशुराम नगरपालिका-१० का हर्क रावल बेपत्ता भएका छन् । परशुराम नगरपालिकाको वडा न. १० लामजला घर भएका रावललाई ब्याङ्लोरको जयनगर स्थित ऊडुपि होटेलका मालिकले कुटपिट गरेर गायब गरेका हुन् ।

पाँच दिनदेखि उनी सम्पर्कविहीन छन् । हर्कले १४ महिनादेखि ऊडुपि होटेलमा काम गर्दै आएका थिए । तर, केही दिन अगाडि मालिकसँग तलब माग्ने क्रममा लफडा भएको ब्याङ्लोर मै काम गर्ने जयराज रावलले जानकारी दिए । तलब माग्ने क्रममा विवाद भएपछि उक्त होटलका मालिकले हर्कलाई कुटपिट गरेर गायब गरेको जयराजको भनाइ छ ।

‘हर्क त्यो होटलमा १४ महिनादेखि काम गर्दै आएको थियो । तर, केही दिन अगाडि तलब माग्ने क्रममा बिवाद भयो । विवाद हुँदा हर्कलाई मालिकले कुटपिट गरेको थियो । कुटपिट गरेर गायब गरेछ । हर्कको अहिलेसम्म अत्तोपत्तो छैन् । सिसिटिभी फुटेज पनि डिलिट गरिएको छ । यदि कसैले हर्कलाई भेटाउनु भयो भने ७२५२६३९०२१ यो नम्बरमा कल गरिदिनु होला’, उनले भने । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement