रक्षा मामिलाका जानकार बने नेपालका लागि नयां अमेरिकी राजदूत


काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत परिवर्तन भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्पसनलाई राजदूत नियुक्त गरेका हुन् । अमेरिकी राजदूत रेण्डी बेरीेको नियमित कार्यकाल सकिएपछी अमेरिकाले थम्पसनलाई नयां राजदूतको जिम्मेवारी दिएको हो ।

थम्पसन अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र पूर्वी एसिया मामिला व्युरोका उपसहायक सचिव हुन् । उनीसंग मलेसिया र रोमानियामा डिसिएम,भारतको कलकत्तामा अमेरिकी महावाणिज्यदूत भएर काम गरेको अनुभव छ । त्यसका साथै उनले विदेशमन्त्रालयमा कार्यकारी सचिवालयको स्टाफ र अपरेशन विभागको उपनिर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

अंग्रेजी बाहेक उनी रोमिनियन र बेंगोली भाषाका समेत जानकार छन् । थम्पसन रक्षा र रणनीतिक मामिलामा दखल राख्ने अमेरिकी कूटनीतिक हुन् । उनले अमेरिकाको नेशनल डिफेन्स विश्वविद्यालयबाट राष्ट्रीय सुरक्षा रणनीतिमा स्नाकोत्तर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement