त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु


काटमाण्डु- धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

काठमाण्डुबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहानसडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement