मलेसियामा नेपाली कामदारको मृत्यु


काठमाडौं – मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

रोजगारीका सिलसिलमा दुई वर्षअगाडि मेलसिया गएका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको हो ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएका बेला अचानक बेहोस भएर उनको मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ ।

यादवका परिवारले शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement