ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


काठमाण्डु – बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

साँफे–मार्तडी सडकखण्डमा पर्ने जडांगा नजिकै भएको दुर्घटनामा बडिमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एमके कन्स्ट्रक्सन कम्पनीमा कार्यरत दानीले चलाएको सुप्रप्र ०१ ००२ त ६८२६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement