मकवानपुरको होटलमा सुतेका आठै जना भारतीयको मृत्यु


काठमाडौं – मकवानपुरको दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठै जना भारतीयको मृत्यु भएको छ । प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

मृत्यु हुने दुई महिला, दुई पुरुष र चार जना बालबालिका रहेका छन् । सबैको नाम–ठेगानाको विवरण आइसकेको छैन । उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement