भारतीय मृत्यु प्रकरणः केरलाका मुख्यमन्त्रीले मागे सहयोग


काठमाडौं – मकवानपुरको दामनस्थित रिसोर्टको कोठामा निसास्सिएर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरला राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा ज्यान गुमाएका आफ्ना नागरिका परिवारका लागि सहयोग प्रदान गर्न आवश्यक हस्तक्षेप गरिदिन भनेका हुन् ।

भारतीय अनलाइन टाइम्स अफ इन्डियका अनुसार मृतक सबै ८ नागरिकको शव काठमाडौं हुँदै भारत झिकाइँदैछ । अहिले काठमाडौंस्थित ह्याम्स अस्पतालमा आवश्यक परीक्षणपछि भारतीय दूतावासमार्फत परिवारलाई शव बुझाइँदैछ ।

होटलको कोठामा निसासिएर ज्यान गुमाउनेहरुमा केरलको तिरुअनन्तपुरम निवासी रन्जीत र प्रवीणका परिवारका सदस्य छन् । दुवैजना, उनीहरुका पत्नी र चार छोराछोरीको शव होटलको कोठामा भेटिएको थियो ।

ह्याम्समा ल्याएपछि चिकित्सकहरुले उनीहरुको श्‍वासप्रश्‍वास बन्द भएर ज्यान गएको जनाएका छन् । नेपाल प्रहरीका अनुासर १५ सदस्यीय भारतीय टोली घुम्न नेपाल आएका थिए । उनीहरु दामनस्थित रिसोर्टमा बास बसेकै बेला ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement