काठमाण्डु- बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ रुकुमपूर्वबाट काठमाण्डुका लागि छुटेको बस जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि २० जनाभन्दा बढी घाइते भएका छन् ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
प्रतिक्रिया