भीरबाट लडेर वडा सचिवको मृत्यु


काठमाण्डु – दार्चुला जिल्लामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटस्थित भीरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वडाको कामकाजका लागि उनी पालिका आएका बेला घटना भएको हो । घटना बिहीबार भए पनि प्रहरीले शुक्रबार बिहान करीब साढे ८ बजेतिर थाहा पाएको जनाइएको छ ।

घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि ईलाका प्रहरी कार्यालय लालीको टोली घटनास्थलमा पुगेको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement