अस्ट्रेलियाको शपिङ मलमा चक्कु आक्रमण हुँदा ५ जनाको मृत्यु


काठमाण्डु – अस्ट्रेलियाको सिड्नीस्थित शपिङ मलमा चक्कु आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

सिड्नीको वेस्टफिल्ड शपिङ सेन्टरमा १ आक्रमणकारीले चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीमाथि प्रहरीले गोली प्रहार गरेको छ ।

आक्रमणमा घाइते भएका १ बालकसहित ८ जनालाई अस्पताल लगिएको छ । आक्रमणको कारण नखुलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement