छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु


काठमाण्डु – धादिङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेमा बा३ख ८९४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करीब ८० मिटर तल खसेर आईतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा निलकण्ठ नगरपालिका–५ पतेनी बस्ने राम रम्तेलको छोरा १० वर्षीय सन्तोष रम्तेल र निलकण्ठ नगरपालिका–५ पतेनी बस्ने ४० वर्षीय राम (गोपे) रम्तेल रहेका छन् । सन्तोष रम्तेलको घटनास्थलमै र राम (गोपे) रम्तेलको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा ट्रमा सेन्टर काठमाण्डु पठाइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा से५प ३७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री गोदावरी नगरपालिका–५ बस्ने ४५ वर्षीय कैलाश चौधरीको आईतबार दिउँसो मृत्यु भएको छ । शनिबार ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement