ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


मोरङ – विराटनगर महानगरपालिका–१४ स्थित सडकमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को२त ५५४६ नम्बरको ट्रयाक्टरले को२६प ९८५१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी अस्पतालमा विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement