विभिन्न स्थानमा ३ जना मृत फेला


काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाण्डुको महानगरपालिका–३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिका–६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा सोही नगरपालिका–३ एक्राही बस्ने २६ वर्षीय शिवजी राउत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement