दाङ – राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भीरबाट खस्दा गम्भीर घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर थापाको बुधबार लमही अस्पतालमा उपचारका लागि पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै ईलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमला सहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको छ ।
प्रतिक्रिया