उदयपुर – सुनसरीमा पिकअप जीप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय असई विरोध खतिवडाको मृत्यु भएको छ ।
प्रदेश २ –०१–००च २१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा शनिबार बिहान विराटनगर गएका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
प्रतिक्रिया