बलिउड अभिनेता इम्तियाज खानको निधन


एजेन्सी – बलिउडका चर्चित कलाकार इम्तियाज खानको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन । तर, भारतीय केही मिडियाले भने हृदयघातका कारण खानको निधन भएको बताएका छन् ।

अभिनेता इम्तियाज ‘यादो की बारात’, ‘नुर जहाँ’, ‘धर्मात्मा’ र ‘दयावान’ लगायत थुपै चलचित्रमा काम गरिसकेका छन् । उनी स्व. अभिनेता अजमद खानका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement