कार दुर्घटनामा चालकको मृत्यु

कार दुर्घटनामा चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८ खरकट्टा जङ्गल क्षेत्रमा आईतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।