कर्णाली – सुर्खेतमा टिप्परको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ ।
भेरीगङ्गा नगरपालिका–२ सुर्खेत कालापानीका २३ वर्षीय वलीको बिहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२–००१ ख ०६४७ नम्बरको टिप्परले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए ।
उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृत घोषणा गरेको छ । टिप्पर चालक वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार घटनास्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया