इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा परी ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते कोरीको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मृतक लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकिएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।