सोती घटनामा ज्यान गुमाउनेको संख्या ६ पुयो


काठमाडौं – रुकुम पश्चिमको चौरजहारीमा बेपत्ता भएका एक जना युवाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोतीस्थित भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो ।

उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement