झापा– रतुवा खोलामा शनिबार बिहान मृत भेटिएकी युवतीको पहिचान खुलेको छ ।
दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलामा बगिरहेका बेला बोरामा पोको पारिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार शव दमक–८ बसन्त टोलकी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको हो ।
अन्यत्रै हत्या गरेर शव खोलामा फालिएको प्रारम्भिक अनुमान गरिएको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार परिवारले रमा बुधबार राति घरबाट एक्लै बाहिर निस्किएको जानकारी दिएको छ ।
परिवारले उनी हराएकोबारे प्रहरीमा खबर गरेको थियो । खोजीकार्य जारी हरेकै बेला शनिबार शव भेटिएको हो । कसैले बोलाएर हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ ।




प्रतिक्रिया