शान्ति सेना गएका नेपाली सैनिकको लेवनानमा मृत्यु


काठमाडौं – संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ती नेपाली शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । मृतकको नाम खुलेको छैन् । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ ।

युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement