राजा त्रिभुवनकी छोरीको निधन


काठमाडौं – तत्कालिन राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको ९५ वर्षको उमेरमा निधन भएको छ ।उनलाई मुटुसम्बन्धी समस्या थियो । नलिनीको बिहीबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनकी भदै बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो ।

राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो ।

उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो । त्यसपछि उनी भारतमै बस्दै आएकी थिइन् । उनका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement