दीपिका मेरी गुरु : रणवीर सिंह


एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर सिंहले आफ्नी पत्नी दीपिका पादुकोणलाई गुरु मान्ने गरेको खुलासा गरेका छन् । उनले पत्नि दिपिकासँग समय व्यवस्थापनका बारेमा सल्लाह लिने गरेको बताउँदै हालै दिएको एक अन्तरवार्तामा यसको खुलासा गरेका हुन् ।

‘जब समय मिलाउने कुरा आउँछ तब म मेरी सुन्दरी पत्नीको बाटोलाई आँखा चिम्लेर पछ्याउँछु । उनी समयको व्यवस्थापनमा एकदमै कुशल छिन् । त्यसैले म यसबारेमा उनीसँग उपायहरू लिइरहन्छु । त्यसैले म उनलाई गुरु मान्ने गर्छु । यसलाई मैले राम्रो बनाउँदै लगिरहेको छु’, रणवीरले थपे । उनले दीपिका आफ्नो व्यक्तिगत र व्यवसायिक समयको सन्तुलन मिलाउन माहिर भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement