दिल्लीमा कोरोना संक्रमणकाे सुनामी: अन्तिम संस्कारका लागि शवदाह स्थलको खोजी


एजेन्सी – भारतको राजधानी दिल्लीमा काेराेनाबाट मृत्यु भएकाहरूकाे थप शवदाह स्थल व्यवस्था गरिदिन प्रहरीले आग्रह गरेको छ । राजधानी दिल्लीका स्थानीय अधिकारीहरूलाई शवदाह गर्न सकिने थप नयाँ स्थान व्यवस्था गरिदिन दिल्लीको प्रहरीले आग्रह गरेको हाे । काेराेनाले अस्पताल, शव गृह र शवदाह स्थलहरूमा ठूलो चाप परेको छ।

डर लाग्दो रुपमा देखा परेको दोस्रो लहरको कोरोना भाइरसबाट भारतका कैयौं भाग प्रभावित भएका छन् । कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र रुपमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा ३ लाख ८६ हजार ४५२ जना सक्रमित भएका छन् । कोरोनाको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

बिहीवार कुल कोभिड बिरामी भएको सङ्ख्या एक करोड ८० लाख नाघेको छ। बिहीवार दिल्लीमा मात्रै ३९० जनाभन्दा बढीको  मृत्यु भएको थियो। शहरको मृत्यु संख्या मुख्यतः कोभिडसँग सम्बन्धित छ र स्थान अभावका कारण मानिसहरूले आफ्ना आफन्तहरूलाई कोराेना संक्रमतिका लागि बनाइएकाभन्दा अन्यत्र नै शवदाह गर्नु परिरहेको छ,एनडीटीभी न्यूज च्यानललाई एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए। त्यसै कारणले हामीले सरकारलाई थप शवदाह स्थल पहिचान गर्न भनेका हौँ।

भारतमा अक्सिजन, औषधि र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना आफन्तनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा हार गुहार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement