विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सर्‍यो


काठमाडौं – विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटनाबाट डाक्टरहरु नै छक्क परेका छन् ।

स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ । ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो  ।

मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन् । उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो ।

जिमिनेज भन्छिन् ‘साउथ कोरियामा पनि एक महिला र एक पुरुषबिच यौनसम्पर्कबाट डेंगु संक्रमण भएको हुन सक्ने भन्ने कुरा एक लेखमा लेखिएको थियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement