देशभर मौसम बदली, मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना


काठमाडौं – न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले आज पनि देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनभर नै रहनेछ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बिहाबार दिउँसोदेखि देशको पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement