देउवालाई शेखर पक्षको खबरदारी: समानुपातिक सूची सच्याउनु


काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ ।

शनिबार सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो ।

सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता-कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ ।

साथै शेखर पक्षले समानुपातिक सूची सच्याउन खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उक्त पक्षले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् ।

जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने नेता गुरुराज घिमिरेले बताए ।  सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement