मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न किन आलटाल गर्दैछन् देउवा ?


काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनता झुक्याउने काम गरेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले मन्त्रिपरिषद गठन भएको २ महिनाभित्र आफ्नो सम्पत्ति सार्वजानिक गर्नुपर्ने प्रावधान छ । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको १६ महिना हुँदासम्म सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

तीव्र आलोचनापछि गत १७ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिएपनि प्रधानमन्त्री कार्यालयले डेढ महिनासम्म कार्यान्वायन गरेको छैन ।

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा आसिन व्यक्तिले हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । यस्तो सम्पत्ति विवरण सार्वजनिक नै गर्नुपर्छ भन्ने हुँदैन । तर, पारदर्शिताका लागि प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन छ ।

सबै मन्त्रीहरुले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेका छन् । तर, प्रधानमन्त्रीकै कारण मन्त्रीहरुको सम्पत्ति गोप्य राखिएको स्रोत बताउँछ । चुनावको मुखमा प्रधानमन्त्री तथा केही मन्त्रीहरु आफ्नो अकुत सम्पत्ति रहेकाले त्यो सार्वजनिक गर्दा आलोचना हुनसक्ने डरमा छन् । सोही कारण प्रधानमन्त्री देउवा उक्त मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement